झापा । झापाको बिर्तामोड-गरामनी स्थायी घर भई बेस्ल मोडेल स्कुल, कक्षा ९ मा अध्ययनरत १४ वर्षीया छात्रा जियाना भट्टराईले आफ्नो जन्मदिनको अवसरमा सामाजिक तथा धार्मिक कार्य गरी प्रशंसनीय उदाहरण प्रस्तुत गरेकी छन्।
आफ्नो १४औँ जन्मोत्सवका अवसरमा उनले झापाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल शिवसताक्षीस्थित सताक्षीधाममा रहेको गाई मन्दिरमा पुगेर त्यहाँ पालिएका ७०० भन्दा बढी गाई तथा बाछाबाछीहरूलाई आहार खुवाएकी हुन्। धाममा रहेका केही गाईहरू दिउँसो चरनका लागि बाहिर जाने र केही गोठमै रहने गर्दछन्। जियानाले धाममा रहेका ती सम्पूर्ण गौमाता र बाछाबाछीहरूलाई विशेष आहार प्रदान गरेकी हुन्।
गाईहरूसँगै उनले सताक्षीधाममा रहेका वेदविद्याश्रमका ६५ जना बटुकहरूलाई पनि श्रद्धापूर्वक भोजन गराएकी छन्।
आफ्नो जन्मदिनलाई तडकभडक र फजुल खर्चभन्दा टाढा राखी पवित्र धाममा पुगेर गौसेवा र बटुकहरूलाई भोजन गराउन पाउँदा आत्मसन्तुष्टि मिलेको जियानाले बताइन्। सो क्रममा उपस्थित बटुकहरूले उनको सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको कामना गर्दै वैदिक मन्त्रोच्चारणसहित आशीर्वाद दिएका थिए।
आधुनिक समयमा जन्मदिन मनाउने खर्चिलो र भड्किलो शैली बढिरहेका बेला बिर्तामोडकी किशोरी जियानाले देखाएको यो सामाजिक, धार्मिक तथा मानवीय कार्यको स्थानीयवासी, अभिभावक तथा विद्यालय परिवारले उच्च प्रशंसा गरेका छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


