२०८३ श्रावण २६ मंगलवार

काँग्रेसलाई फुटेर हैन जुटेर अगाडि बढ्न पाण्डेको अपिल

झापा । नेपाली काँग्रेस झापाका उपसभापति केशवराज पाण्डेले काँग्रेसभित्र देखिएको फुटको राजनीतिलाई निस्तेज पार्न फुटेर हैन जुटेर अगाडि बढ्न काँग्रेसजनलाई अपिल गरेका छन् ।


नेपालको लोकतान्त्रिक आन्दोलनको सबैभन्दा पुरानो राजनीतिक दलको हैसियतले काँग्रेसले सदैव आफ्नो भूमिका निर्वाह गर्दै आएकोमा पछिल्लो समय पार्टीभित्र मौलाएको फुटको राजनीतिलाई निस्तेज पार्दै देशप्रतिको कर्तव्य पूरा गर्न काँग्रेस नै पहिलो र निर्विल्प शक्ति भएको उनले उल्लेख गरेका छन् ।


आज सामाजिक सञ्जालमार्फत पाण्डेले काँग्रेसभित्र देखिएको आजको यो दृश्य गम्भीर र अति संवेदनशील भएको उल्लेख गर्दै यसले काँग्रेस कार्यकर्ता तथा शुभचिन्तकमा निराशा छाएको समेत लेखेका छन् ।


बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइराला लगायतका महान् नेताहरूले रगत पसिना बगाएर, कयौं त्याग र बलिदानबाट निर्माण गरेको पार्टी फुटको संघारमा पुग्नु देश र लोकतन्त्रकै लागि दुर्भाग्यपूर्ण संकेत भएको पाण्डे लेख्छन् ।
व्यक्तिगत र गुटगत हितभन्दा माथि उठेर पार्टी, देश र जनताको बृहत्तर हितलाई सर्वपरी मान्दै संवाद् तथा सहकार्यलाई प्राथमिकता दिन समेत पाण्डेले आह्वान गरेका छन् ।

२०८३ श्रावण २६, मंगलवार प्रकाशित 0 Minutes 67 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार