२०८३ श्रावण २९ शुक्रबार

डीआइजी खनालले गरे झापाका नागरिकसंग अन्तर्क्रिया

झापा/ कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डीआइजी) शेखर खनालले झापा जिल्लाका स्थानीय नागरिक, पूर्व प्रहरी कर्मचारी तथा सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिसँग अन्तरक्रिया गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमणका क्रममा उनले भेटघाट तथा अन्तरक्रिया गरेका हुन् । अन्तरक्रियाका क्रममा झापाका सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय नागरिक तथा पूर्व प्रहरी कर्मचारीहरूले जिल्लाको शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, अपराध नियन्त्रण, प्रहरीको सेवा प्रवाह तथा समुदायसँग प्रहरीको सम्बन्ध लगायतका विषयमा आफ्ना धारणा, सुझाव तथा अपेक्षाहरू राखेका थिए ।

सोही अवसरमा प्रदेश प्रहरी प्रमुख खनालले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता भेटघाट तथा अन्तरक्रिया महत्वपूर्ण रहेको बताउँदै नागरिकका वास्तविक समस्या, गुनासा तथा अपेक्षाहरू बुझ्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले कोशी प्रदेश प्रहरीले शान्ति–सुरक्षा कायम गर्ने तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने कार्यमा स्थानीयवासी र पूर्व प्रहरी कर्मचारीहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

भेटघाट तथा अन्तरक्रियाकार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक बसुन्धरा खडका, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। प्रहरी नायव महानिरीक्षक खनालले इलाका प्रहरी कार्यालय अनारमनी, इलाका प्रहरी कार्यालय काँकरभिट्टालगाएतका कार्यालयहरुको निरीक्षण गर्नु भएकाे थियाे ।

२०८३ श्रावण २९, शुक्रबार प्रकाशित 0 Minutes 105 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार