२०८३ श्रावण २३ शनिबार

शनिबार १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने

झापा। नेपाल विद्युत् प्राधिकरणले पूर्वी नेपालका केही जिल्लामा शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । 

प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ ।

प्राधिकरणले मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेसनका उपकरणहरूको परीक्षण तथा सञ्चालन र दुहबी–दमक १३२ के.भी. प्रसारणलाइनअन्तर्गत केरौनस्थित टावर नं. ६८ र ६९ बीच डेड एन्ड टावर जडान गर्न अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

२०८३ श्रावण २२, शुक्रबार प्रकाशित 0 Minutes 157 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार