मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले नगरको वडा संख्या, सिमाना र केन्द्र हेरफेर सम्बन्धी तयारी थालेको छ । नगरको साउन २३ गते बसेको कार्यपालिका बैठकले उपप्रमुख मिना पोखरेल उप्रेतीको संयोजकत्वमा नगरको वडा संख्या, सिमाना र केन्द्र हेरफेर सम्बन्धी तयारी गर्न उपसमिति गठन गरेको छ ।
सात सदस्यीय समितिमा वडा नं. ३ का वडा अध्यक्ष हर्कबहादुर बस्नेत, वडा नं. ६ का वडा अध्यक्ष ललित बहादुर तामाङ, वडा नं. ७ का वडा अध्यक्ष प्रल्हादमणी ओली, वडा नं. ८ का वडा अध्यक्ष गिरीराज धमला र वडा नं. १५ का वडा अध्यक्ष गुणराज भट्टराई सदस्य रहनु भएको छ । यो समितिले कुनै वडाको सिमाना हेरफेर गर्नु परे, वडाको केन्द्र सार्नु पर्ने अवस्थाका बारेमा छलफल गरी कार्यपालिकालाई प्रतिवेदन बुझाउनेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


