२०८३ आश्विन १ बिहीबार

अशोज १ गते देखि लागु हुनेगरी सहकारीको सन्दर्भ ब्याजदर तय

काठमाडौं । सहकारीको सन्दर्भ ब्याजदर अशोज १ गते देखि लागु हुनेगरी १३ प्रतिशत कायम हुने भएको छ । संघीय सहकारी रजिष्ट्रार कार्यालयले २०८३ साल अशोज १ गते देखि लागु हुनेगरी १३ प्रतिशत तय भएको हो। सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सिफारिशमा सहकारीले ऋण लगानीमा उक्त व्याजदर लिनपाउनेगरी तय भएको जनाइएको छ ।

विगत ४ वर्षदेखि पुनरावलोकन भएको थिएन । यसअघि २०७८ साल फागुनमा सहकारीको सन्दर्भ ब्याजदर पुनरावलोकन गरी १६ प्रतिशत कायम गरिएको थियो । सहकारीमा सन्दर्भ ब्याजदर तोकिएको यो चौंथो पटक हो । सहकारी ऐन, २०७४ ले सहकारी संस्थाले बचत तथा ऋण कारोबार गर्दा लागू हुने सन्दर्भ ब्याजदर निर्धारण गर्ने व्यवस्था गरेको छ ।

ऐनको दफा ५१ अनुसार रजिष्ट्रारको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा सन्दर्भ ब्याजदर तोकिने र यस्तो दर सहकारी संस्थाका लागि निर्देशक ब्याजदर हुने व्यवस्था छ । साथै ऐनले बचत र ऋणको ब्याजदरबीचको अन्तर ६ प्रतिशतभन्दा बढी हुननहुने व्यवस्था गरेको छ । सहकारी नियमावली, २०७५ को नियम २३ ले सन्दर्भ ब्याजदर निर्धारणका आधार तोकेको छ ।

२०८३ भाद्र ३१, बुधबार प्रकाशित 0 Minutes 18 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार