काठमाण्डाै – सर्वदलीय बैठकले विपद् व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज सिंहदरबारमा बोलाउनुएको बैठकले सभामुखमार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो ।

शाहीका अनुसार बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्नेसम्बन्धी कानून संशोधनका विषयमा पनि छलफल भएको छ । अहिलेको कानूनअनुसार १२ वर्षपछि मात्रै मृत घोषणा गर्ने प्रावधान रहेको अवस्थामा अहिले बाढीमा बेपत्ता भएकाहरूको बीमालगायतका सुविधा प्रभावित हुने देखिएको छ ।
दलहरूले भदौ १० गते भोटेकोशी हुँदै आएको बाढीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

