झापा/ झापामा आजदेखि जापानिज इन्सेफ्लाइटिस (जेई) राेग विरूद्धकाे खाेप लगाउन सुरू गरिएको छ ।
झापा जिल्लाकाे मेचीनगरबाट उक्त खाेप लगाउन सुरू गरिएको हाे ।

आज विहान काँकरभिट्टा स्थित स्वास्थ्य केन्द्रमा काेशी प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गाैतमले खाेप लगाएर सुरूवात गरेका हुन् ।
राज्यमन्त्री गाैतम, झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दास, मेचीनगर नगरपालिकाका मेयर गाेपालचन्द्र बुढाथोकी, वडा नम्बर ६ का वडा अध्यक्ष ललितबहादुर तामाङ लगायतले खाेप लगाएका थिए ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री गाैतम, जिसस प्रमुख बराल, स्वास्थ्यका झापा प्रमुख दास, मेयर बुढाथोकीले राेगबाट वच्न बेलैमा खाेप लगाएर स्वास्थ रहन सबैलाई अनुराेध गरेका थिए ।
कार्यक्रमकाे सहजीकरण मेचीनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले गरेकी थिइन् ।
आजदेखि सुरू खाेप जिल्लामा १५ गतेसम्म सञ्चालन हुनेछ । ३० वर्षमाथिका करिव ५ लाखलाई झापामा खाेप लगाउने याेजना रहेकाे छ ।
मेचीनगरमा ६५ हजार ५२५ जनालाई खाेप लगाइने स्वास्थ्य शाखाले जनाएकाे छ ।
साेही राेगबाट झापामा ६ जनाकाे मृत्यु भइसकेकाे छ । मेचीनगरमा यही वर्ष २ जनाकाे मृत्यु भएको छ । मेचीनगरमा तीन वर्ष यता ५ जनाकाे मृत्यु भइसकेकाे स्वास्थ्य शाखाले जनाएकाे छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

