२०८३ आश्विन १२ सोमबार

कांग्रेस मेचीनगर–६ को वडा सभापतिमा मनोज थापा

काँकडभिट्टा  । नेपाली कांग्रेस मेचीनगर–६ नम्बर वडा समितिको सभापतिमा मनोज थापा निर्विरोध चयन भएका छन्। वडा अधिवेशनबाट थापासहित पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका हुन्।

नवनिर्वाचित वडा समितिको उपसभापतिमा दिलिप श्रेष्ठ र महिला उपसभापतिमा रोजी तामाङ चयन भएका छन्। त्यस्तै सचिवमा सन्दिप केरुङ तथा सहसचिवमा ललिता गुरुङ श्रेष्ठ चयन भएका छन्।

वडा समितिका सदस्यहरूमा विधान सी. श्रेष्ठ, हिरालाल शर्मा, नितु घिमिरे, सन्दिप सापकोटा, ऐश्वर्या लक्ष्मी तामाङ, सुबास तामाङ, शशंक खनाल, नग्मा खातुन र सुनिता भेटवाल चयन भएका छन्।

निर्विरोध निर्वाचित भएपछि सभापति थापाले वडा तहमा पार्टी संगठनलाई थप मजबुत बनाउँदै सबै कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नयाँ पुस्तालाई पार्टीसँग जोड्दै संगठन विस्तार र जनतासँगको सम्बन्धलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

नयाँ नेतृत्व चयनसँगै मेचीनगर–६ मा कांग्रेसको संगठनलाई थप सक्रिय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

२०८३ आश्विन ६, मंगलवार प्रकाशित 1 Minute 263 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार