दमक । झापाको दमकमा भएको बस दुर्घटनामा ६ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक ४ स्थित सडक खण्डमा पश्चिमबाट पूर्बतर्फ आउँदै गरेको डल्फिन यातायातको बस दुर्घटना भएको हो ।

विराटनगरबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४०८४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा ६ जना घाइते भएका हुन्।
घाइते सबैको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरु
१. गौरादह २ बस्ने बर्ष ३० की सुष्मा दर्जी (बाहिरी चोट नदेखिएको, अवस्था सामान्य )
२. मोरङ पथरीशनिश्चरे १ बस्ने बर्ष ३२ का समिर पोखरेल (बाहिरी चोट नदेखिएको ,अवस्था सामान्य )
३.सुनसरी लौकी ६ बस्ने बर्ष ३० का महमद जम्सिर (ओठमा चोट, अवस्था सामान्य )
४. मोरङ उर्लाबारी ९ बस्ने बर्ष ३६ की पार्वता लिम्बू ( बायाँ आँखामा चोट, अवस्था सामान्य )
५. मोरङ उर्लाबारी ५ बस्ने बर्ष ५० का दिपक भुजेल ( बाहिरी चोट नदेखिएको, अवस्था सामान्य )
६. गौरादह २ बस्ने बर्ष ४० की मिना दर्जी (बाहिरी चोट नदेखिएको, अवस्था सामान्य )
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

