मेचीनगर। झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि एक अर्ब ४५ करोड ६२ लाख सन्ताउन्न हजार ९ सय ८६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधबार सुरु भएको दोस्रो नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख मिना पोखरेल उप्रेतीले एक अर्ब ४५ करोड ६२ लाख सन्ताउन्न हजार ९ सय ८६ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षमा सञ्चालन भएको नगरसभामा उपप्रमुख उप्रेतीले प्रस्तुत गर्नु भएको बजेटमा चालु अनुदानतर्फ ५१ करोड ६३ लाख ,पुँजीगत अनुदान तर्फ ७ करोड २३ लाख र बिशेष अनुदान तर्फ ७९ लाख बजेट छुट्टाइएको छ ।
त्यस्तै कोशी प्रदेश सरकारको शसर्त चालु अनुदान तर्फ १ करोड १० लाख, शसर्त पुँजीगत अनुदान तर्फ ४ करोड १४ लाख समेत स्वीकृत शिर्षक अनुसारनै खर्च गर्नेगरि पेश गरिएको उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो । साथै संघिय समपुरक अनुदानबाट प्राप्त हुने ५५ लाख र कोशी प्रदेश सरकारको समपुरक अनुदानबाट प्राप्त हुने ६० लाखको कार्यान्वयनका लागि समपुरक कोषमा एकमुष्ट ४ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



