झापा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४७ औँ स्थापना दिवस मेचीनगर कमिटीले एक कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
स्थापना दिवसको अवसरमा लामो दूरीका चालकलाई सम्मान र जेष्ठ आमालाई स्वास्थ्य उपचार गरेको छ । कार्यक्रममा चालक अमरबहादुर गुरूङ र जेष्ठ आमा फूलमाया प्रधानलाई नगदसहित सम्मान गरेको हो ।

दमकी रोगी प्रधानलाई थप स्वास्थ्य उपचारमा निरन्तर संगठनले आर्थिक सहयोग गर्ने संगठनका सचिव दावा तामाङले बताए । कार्यक्रममा संगठनका केन्द्रीय सचिव देवीप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य खडान्नद भण्डारी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरिक्षक जसबहादुर लिम्बु, मेचीनगर वडा नम्बर ६ का सदस्य धु्रवकुमार राई, पूर्व मेची बस व्यवसायी यातायात प्रालिका व्यवस्थापक दुर्गा अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए । संगठनले स्थापना दिवसकै अवसरमा आज साझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ भने स्थानीय लक्ष्मी प्राविका विद्यार्थीलाई खेलकुद सामग्री प्रदान गरिने छ ।
संगठनका अध्यक्ष राजकुमार सुवेदीको अध्यक्षता, स्वागत उपाध्यक्ष मानबहादुर तामाङ र सञ्चालन सचिव दावा तामाङले गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



