२०८१ बैशाख १७ सोमबार

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

अमेरिकाको सिलिकन भ्याली बैंक बन्द भएको छ । ४८ घण्टाभित्र भएको सो बैंकको तीव्र पतन अमेरिकी इतिहासमा वित्तीय संस्थाको दोस्रो ठूलो असफलता मानिएको छ । २००८ मा वासिङ्टन म्युचुअलपछि बन्द भएको यो सबैभन्दा ठूलो बैंक हो ।

सिलिकम अमेरिकाको बिस ठूला वाणिज्य बैंकमा पर्दछ । ग्राहकलाई पैसा तिर्न नसकेपछि अहिले सो बैंकको नियन्त्रण फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोसन ‘एफडीआईसी’ले लिएको छ । बैंको गतवर्षको अन्त्यसम्मको समग्र सम्पत्ति दुई सय नौ अर्ब डलर थियो । यसबाट ठूलो वित्तीय संकट नआउने बताए पनि स्टार्टअप र प्रविधि क्षेत्रमा यसको ठूलो प्रभाव पर्ने बताइएको छ ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 0 Minutes 383 Views

ताजा समाचार