२०८२ बैशाख २६ शुक्रबार

रोबर्ट प्रिभोस्ट पहिलो अमेरिकी पोप चयन

काठमाडौं- अमेरिकी रोबर्ट प्रिभोस्ट नयाँ पोप बन्नुभएको छ । क्याथोलिक चर्चको नेताको रुपमा चयन हुनुभएका प्रिभोस्ट, पोप लियो चौधौंको रूपमा चिनिनुहुनेछ ।

६९ वर्षीय प्रिभोस्टलाई सेन्ट पिटर्स स्क्वायरमा भेला भएका हजारौं मानिसहरूले स्वागत गरेका छन् । त्यस क्रममा उहाँले भ्याटिकन बाल्कनीबाट सबैसँग शान्ति रहोस् भन्नुभयो ।

शिकागोमा जन्मेका प्रिभोस्टलाई एक सुधारकको रूपमा हेरिन्छ । आर्कबिशप बन्नु अघि उहाँले पेरुमा धेरै वर्षसम्म मिसनरीको रूपमा काम गर्नुभएको छ ।

विश्व नेताहरूले पोप लियो चौधौंलाई बधाई दिइरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी पोप पाउनु ठूलो सम्मान भएको बताउनुभएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनले पनि पोप लियो चौधौंले पहिलो अमेरिकी पोपको रूपमा इतिहास रचेको देखेर आफू खुसी भएको बताउनुभएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नयाँ पोपलाई बधाई ज्ञापन गर्दै भ्याटिकनको निरन्तर नैतिक र आध्यात्मिक समर्थनको आशा व्यक्त गर्नुभएको छ ।

नेपाल टिभी अनलाइनबाट ।

२०८२ बैशाख २६, शुक्रबार प्रकाशित 1 Minute 12 Views

ताजा समाचार