२०८१ बैशाख १३ बिहीबार

हात्ती पीडित जनताकाे पक्षमा सद्नमा बाेल्छु : सांसद् डाँगी

बाहुनडाँगी । झापाको बाहुनडाँगीस्थित हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो र दिगो रुपमा हात्तीबाट हुने क्षतिको समाधानको पहिचान गर्न सोमबार संघीय सांसदद्वय निशा डाँगी र इन्दिरा राना मगर बाहुनडाँगी पुगेका थिए । राष्ट्रिय स्वातन्त्र पार्टी समानुपातिकबाट नेपालकै कान्छी संघिय सांसद् डाँगीले सद्नमा पहिलो एजेन्डा नै हात्तीको समष्यबाट समानधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सांसदद्धय निशा डाँगी, इन्दिरा राना मगरसँगै झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला वन कार्यालय झापा डेफू, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर४ का वडाध्यक्ष अर्जुन कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला तथा नगरका प्रतिनिधि र सञ्चारकर्मीहरुले हात्ती प्रभावित क्षेत्रको अनुगमन गरेका थिए ।

वर्षौदेखि बाहुनडाँगी बासीले हात्तीका कारण भोग्नुपरेको समस्यालाई दिगो रुपमा व्यवस्थापन तथा समाधान गर्ने विषयमा छलफल भएको थियो । सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति उमेश खरेरले झापाली जनताले लामो समयदेखि भोग्दै आएको हात्तीको पिडाबाट दिगो समाधान नै पार्टीको पहिलो एजेन्डा रहने बताए ।

स्थलगत अध्ययनपछि दिगो रुपमा समस्या समाधानको लागि सबै क्षेत्रको पलकदमी आवश्यक रहेको सहभागीहरुले धारणा राखेका थिए । सांसदद्धय डाँगी र मगरले बाहुनडाँगीबासीको पीडालाई आफूहरुले बुझेको र दिगो रुपमा हात्ती समस्या समाधानमा आफूहरु लाग्ने प्रतिबद्वता व्यक्त गरे । हामी कुरामा भन्दा पनि काममा विश्वास गर्छौ, सांसद डाँगीले भनिन् ,‘मैले हात्तीको समस्या सुनेको वर्षौ भयो अव यसको दिगो समाधानको लागि हामी पहल थाल्छौं ।’ झापाबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुले यस विषयमा गम्भीर हनुपर्ने उनको भनाई थियो ।

मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले संघीय, प्रदेश सरकार र जिल्ला वन कार्यालयले स्थानीय सरकारसँग सहकार्य नगर्दा हात्ती नियन्त्रणको लागि प्रभावकारी काम हुन नसकेको बताए । हात्ती नियन्त्रणको लागि तत्काल सोलार फेन्सीङको मर्मत, बाटो निर्माण गर्ने तथा सडकमा बत्ती जडान गर्दा हात्ती नियन्त्रण हुने बताए । प्रमुख बुढाथोकीले दिगो रुपमा हात्ती नियन्त्रण गर्न सीमामा ड्याम निर्माण गर्नुपर्ने बताए ।

झापाका प्रमुख जिल्ला अधिकारी रिजालले स्थानीय सरकार र वन कार्यालयले हातेमालो गरेर यस किसिमको समस्या हल गर्नु पर्ने बताए ।
तत्काल दीर्घकालिन समस्या समाधान नहुन सक्छ । प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘पर्खाल तथा ड्याम निर्माण ठूलो योजनाको काम हो । त्यसको लागि विषय विज्ञहरुसँग बसेर छलफल गर्नू पर्छ तत्काल सोलार फेन्सिङको मर्मत गर्न योजना बारे बताए ।’

जिल्ला वन कार्यालय झापाका डेफूले हात्ती नियन्त्रणको लागि जिल्लाभर बिभिन्न काम अघि बढाएको बताए । उनले बाहुनडाँगीको लागि जिल्ला वन कार्यलयले बजेट छुट्याएकोले सम्झौता गरेर काम थाल्न समितिलाई आग्रह गरे ।

सो अवसरमा मेचीनगर ४ नम्बर वडाध्यक्ष अर्जुन कार्की, मानव हात्ती द्वन्द व्यवस्थापन समितिका अध्यक्ष हरि उप्रेती लगायतले हात्तीले पुर्याएको क्षतिका बारेमा जानकारी गराएका थिए ।

२०७९ पुष १९, मंगलवार प्रकाशित 0 Minutes 675 Views

ताजा समाचार