२०८२ असार २१ शनिबार

मेचीनगरमा सिटी रिक्सा पल्टिदा चालककाे मृत्यु

झापा / झापाकाे मेचीनगरमा सिटीरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा सिटी चालककाे मृत्यु भएको छ । मेचीनगर-१० ढाड चाेककाे भित्री सडक खण्ड स्थित महामति फर्निचर उद्योगबाट नागाडुब्बा जाने क्रममा प्र.-०१-००२ ह ७१०५ नम्बरको सिटी रिक्सा  अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएकाे छ ।

दुर्घटनामा सिटी रिक्सा पल्टिदा सिटी चालक मेचीनगर—१० का ३२ वर्षीय राज कडरिया घाइते भएका थिए ।प्रहरीका अनुसार तत्काले उनलाई उपचारका लागि बिर्तामोड स्थित बिएण्डसी अस्पताल पठाईएको थियो ।अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।सिटी रिक्सामा फलामका सामग्री बोकेर गएको बेला लोड बढी भएर पल्टिएको प्रहरीले बताएको छ ।सिटी रिक्सामा चालकबाहेक अन्य कोहि पनि सवार नभएको बताइएको छ ।

२०८२ असार २१, शनिबार प्रकाशित 1 Minute 11 Views

ताजा समाचार