संखुवासभा । संखुवासभाको हेवा खोलामा आएको बाढीमा बेपत्ता भएका १८ मध्ये एक जनाको शव अरुण नदीमा फेला परेको छ ।
चैनपुर नगरपालिका-१० मा पर्ने दुम्कट्टामा पर्ने अरुणमा बर्दियाका ४१ वर्षीया कालीराम थारुको शव शुक्रबार फेला परेको डिएसपी वीरेन्द्र गोदारले बताए । उनको शव १३ दिनपछि खोला किनारमा फेला परेको हो ।

स्थानीयबासिन्दाले खोला किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । असार २ गते हेवा, पिलुवा र सभाखोलामा आएको बाढीमा ६ मेगावाटको निर्माणाधीन सुपरहेवा हाइड्रोपावरका १७ मजदुर बेपत्ता भएका थिए । ती मध्ये १६ मजदुरको अवस्था अझै अज्ञात छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



