२०८१ माघ ६ आईतवार

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् ।

शुक्रबार उनलाई नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

उनका अनुसार रौनियारविरुद्ध बाँकेमा ठगीको मुद्दा दर्ता भएको छ । त्यसपछि पक्राउ पुर्जी जारी भएको थियो ।

“प्रहरी वृत्त नयाँ बानेश्वरले त्यही क्षेत्रबाट पक्राउ गरेको हो । उहाँविरुद्ध बाँकेमा ठगी मुद्दा दर्ता भएको छ,” कडायतले भने ।

२०८० असार १५, शुक्रबार प्रकाशित 0 Minutes 181 Views

ताजा समाचार