२०८१ बैशाख १३ बिहीबार

उत्तरबाट बढ्दैछ गैरकानुनी धन्दा

झापा । दक्षिणपूर्वी एसियामा तेस्रो ठूलो अर्थतन्त्र भएको देश मलेसिया लगभग चीनको कब्जामा छ । मलेसियामा चीनियाँ आप्रवासी र वंशजहरूले कब्जा गरेका छन् । मलेसियामा स्थानीयहरु भन्दा धनी चीनियाँहरु नै छन् । मलेसियन नागरिक व्यवसायका मालिक होइनन् । उनीहरुको जीवनशैली र आर्थिक अवस्था निकै कमजोर छ । मलेसियाको सम्पूणर् अर्थतन्त्रमा लगभग सतप्रतिशत नै चीनियाँ संलग्न छन् र उनीहरु नै सबैभन्दा धनी वर्गमा पर्छन् ।

मलेसियामा लगभग ६ दशमलव ७ मिलियन चिनियाँहरु छन् । जुन सम्पूणर् जनसंख्याको २३ प्रतिशत हो । यहाँ मलेसियन नागरिक ५० प्रतिशत छन् भने चाइनिजहरु २३ प्रतिशत छन् । इन्डोनेसियन ११ प्रतिशत, इन्डियन ७ प्रतिशत र बाँकी अन्य सम्प्रदायका मानिसको बसोबास छ ।

मलेसियामा ५१ वटा तेल क्षेत्र, ३० भन्दा बढी व्यापारिक बन्दरगाह र संसारका फर्चुन ५०० उद्योगहरुमध्ये मलेसियामा मात्रै १७ वटा छन् । यसमा चीनसँगको संयुक्त लगानी छ । यसैगरी यहाँ हजारौँको संख्यामा उत्पादनमूलक उद्योग छन् । जसमा एकछत्र चीनियाँहरुको लगानी छ । विश्वका ६० भन्दा बढी देशहरुले मलेसियाका ४ हजार ३१६ वटा बहुराष्ट्रिय उत्पादक कम्पनीहरुमा लगानी गरेको अवस्था छ, जसमध्ये चीन नै मुख्य लगानीकर्ता हो । मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले चीनियाँ लगानीमा निर्माण भएका पूर्वाधार परियोजना र त्योसँगै प्रवेश गर्ने जनशक्ति दुवैको विरोध गर्ने गरेका छन् ।

चीनको पूँजी र प्रविधि मलेसियामा रोजगारी दिने र अर्थतन्त्रमा योगदान पुर्याउने खालको नभई चीनियाँ नागरिकको स्वार्थका लागि मात्रै हुने गरेको महाथिरको भनाई छ । चीनले मलेसियामा पैसा खन्याएर मात्रै आफ्ना नागरिकको उन्नति नहुने भन्दै उनले त्यो लगानीलाई स्थानीयले सदुपयोग गर्नै नसकेको महाथिर बताउँछन् । उत्पादिन वस्तु स्थानीयले किन्न सक्दैनन, रोजगारी पाउँदैनन, अनि मूल्य शृंखलाको नियन्त्रण र स्वामित्व लगानीकर्ताकै हुन्छ भने त्यसको कुनै अर्थ नहुने विश्लेषण गरिँदै आएको छ ।

उनीहरुले मलेसियाको जग्गामा विलासी घरहरू बनाउँछन् तर स्थानीयहरूले किन्न सक्दैननन् । चीनियाँ लगानीकर्ताले ठुलो संख्यामा ल्याउने आफ्ना नागरिकका कारण देशको राजनीतिक समीकरण समेत बिथोल्ने गरेका छन् । कुनै पनि विदेशी ठूलो संख्यामा देशमा बस्न र अर्थतन्त्रलाई प्रभाव पार्न आउँछन् भने त्यसलाई नियन्त्रण गर्नु पर्ने र उनीहरुका लागि सीमाहरु तोक्नु पर्ने हुन्छ ।

यता, पछिल्लो समय नेपालमा पनि चीनियाँहरुको सकृयता बढेको छ । हरेक क्षेत्रमा उनीहरुको संलग्नता छ । ठेक्कापट्टादेखि उद्योग व्यवसायसम्म चीनियाँहरु संलग्न छन् । यतिमात्रै होइन, विभिन्न गैरकानुनी धन्दामा पनि चीनियाँहरु नै संलग्न छन् ।

सीमा अतिक्रमण, राजनीतिक हस्तक्षेप, व्यापार र पर्यटनमा लगानी, सुरक्षा र विकास निर्माणका नाममा चीनले विस्तारै आफ्नो वर्चश्व बढाइरहेको छ । चीनले काठमाडौँको मुख्य पर्यटकीय र व्यावसायिक क्षेत्र ठमेल अघोषित रुपमा कब्जा गरेको छ । ठमेल मार्ग, अमित मार्गलगायत विदेशी पर्यटकको चहलपहल हुने बजार क्षेत्र अहिले चीनियाँ नागरिकले नियन्त्रण गरेका छन् ।

ठमेलको कर्मचारी सञ्चयकोष भवनदेखि उत्तर-दक्षिण फैलिएको करिब तीन किलोमिटर ज्याठा रोड क्षेत्र क्रमशः चीनियाँ व्यवसायीको पुणर् नियन्त्रणमा पुगिसकेको छ । ठमेल क्षेत्रमा मात्रै चीनियाँहरूको लगानीमा पाँच सय चीनियाँ रेस्टुराँ र सयभन्दा बढी होटल खुलिसकेका छन् । यो अवस्थाले चीन नेपाललाई पनि मलेसियाकै अवस्थामा पुर्याउन क्रियाशील रहेको देखाउने जानकारहरु बताउँछन् । यसैगरी, चीनियाँ नागरिकको सक्रियता बढ्दै गए नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतामाथि नै खतरा बढ्ने संकेत देखा पर्न थालेको छ ।

२०७९ चैत्र ३०, बिहीबार प्रकाशित 1 Minute 422 Views

ताजा समाचार