२०८१ बैशाख १४ शुक्रबार

नेपाली टोली स्वदेश फिर्ता

आईसीसी विश्वकप लिग टु अन्तर्गतको सिरिजमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार साँझ स्वदेश फर्किएको छ । लिग टु सिरिजको आफ्नो अन्तिम खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । युएई भ्रमणका क्रममा नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो ।

पपुवान्युगिनीलाई दुई खेलमै हराएको नेपालले युएईसँग भने पहिलो खेलमा हार र दोस्रो खेलमा जित निकालेको थियो । नेपालले पपुवान्युगिनी र युएईसँग नै घरेल् मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दैछ । नेपालसँगै युएई पनि नेपालमा हुने सिरिजका लागि मंगलबार नै नेपाल आएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा आयोजना हुने सो सिरिजको पहिलो खेलमा नेपालले फागुन २५ मा पपुवान्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ । फागुन २८ मा दोस्रो खेल युएईसँग खेल्ने नेपालले तेस्रो खेलमा फागुन २९ गते पपुवा न्युगिनी र अन्तिम खेलमा चैत २ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

२०७९ फाल्गुन २३, मंगलवार प्रकाशित 0 Minutes 297 Views

ताजा समाचार