२०८२ बैशाख २५ बिहीबार

आर्मी राष्ट्रिय पुरुष हक्की च्याम्पियन

काठमाडौँ, वैशाख २५ गते । नेपाल आर्मी क्लब बुधबार गण्डकी प्रदेशलाई २–० ले हराएर राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ । दुई दिनअघि आर्मी क्लबले महिला हक्कीको उपाधि पनि जितेको थियो ।

च्यासल मैदानमा आर्मीले फाइनलमा आर्मीका लागि खेलको २२ औँ मिनेटमा राजेन्द्र कार्की र ४३ औँ मिनेटमा अम्बरबहादुर गुरुङले गोल गर्नुभयो । पहिलो गोल गर्ने राजेन्द्र फाइनलको सर्वश्रेष्ठ खेलाडी पनि चुनिनुभयो । नेपाल आर्मीले नवप्रवेशी एपिएफलाई ६–० र गण्डकीले नेपाल पुलिसलाई पेनाल्टी सुटआउटमा हराएर फाइनलमा स्थान बनाएका हुन् । यसै गरी तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले एपिएफलाई ३–० ले हरायो । पुलिसका लागि शङ्कर घर्तीले दुई तथा मिलान तामाङले एक गोल गर्नुभयो ।

आर्मीका देवसिंह धामी प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी चुनिनुभयो । यसै गरी आर्मीकै रञ्जित राउत सर्वश्रेष्ठ डिफेन्डर बन्नुभयो । आर्मीका फरवाडद्वय काशीराज राई र राजेन्द्र सर्वाधिक गोलकर्ता बन्नुभयो । यी दुवैले समान छ/छ गोल गर्नुभएको थियो । गण्डकीका जोसन राईले उत्कृष्ट गोलरक्षकको सम्मान पाउनुभयो । यसै गरी एपिएफका पवन मवो इमर्जिङ प्लेयर घोषित हुनुभयो । विजेता आर्मी, उपविजेता गण्डकी र तेस्रो स्थानमा रहेको पुलिस क्लबले ट्रफीसहित क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपियाँ पुरस्कार पाए । विधागत उत्कृष्ट खेलाडीलाई जनही पाँच हजार रुपियाँले पुरस्कृत गरिएको थियो ।गोरखापत्र अनलाइन

 

२०८२ बैशाख २५, बिहीबार प्रकाशित 1 Minute 10 Views

ताजा समाचार