२०८१ बैशाख १४ शुक्रबार

पल्सर स्पोर्ट्स अवार्ड : वर्ष पुरुष खेलाडीको अवार्ड अञ्जनलाई

काठमाडौं । १९ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत यसपटक वर्ष पुरुष खेलाडीको अवार्ड फुटबलका अञ्जन विष्टले जितेका छन्।

यसपटक वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका फुटबलकै किरण चेम्जोङ, क्रिकेटका कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाललाई  पछि पार्दै अवार्ड हात पारेका हुन् ।

उनी पिपल्स च्वाइस विधामा समेत मनोनयनमा परेका थिए। यसअघि नै सार्वजनिक भइसकेको वर्ष २०७८ मा उत्कृष्ट प्रदर्शन गरेकामध्येबाट पाँच विधामा ५/५ खेलाडीको मनोनयनमा पिपल्स च्वाइस विधामा अञ्जनसहित क्रिकेटका आसिफ शेख, टेनिसकी अभिलाषा विष्ट, पौडीकी डुवाना लामा र भलिबलकी उषा भण्डारी परेका थिए।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने विभिन्न ९ विधामा खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिएको हो।

२०७९ फाल्गुन २३, मंगलवार प्रकाशित 0 Minutes 294 Views

ताजा समाचार