२०८३ असार २४ बुधबार

गृहमन्त्री गुरुङ झापामा, जोरसिमलको अस्थायी चेकपोस्ट तत्काल हटाउन निर्देशन

मेचीनगर-  गृहमन्त्री सुधन गुरुङ अहिले झापाका विभिन्न स्थानको अनुगमनमा हुनुहुन्छ। अनुगमनका क्रममा उहाँले स्थानीयवासीसँग भेटघाट गर्दै उनीहरूका समस्या बुझ्नुका साथै तस्करी नियन्त्रणको अवस्थाबारे सुरक्षा निकायसँग जानकारी लिइरहनुभएको छ।

यसै क्रममा मेचीनगरस्थित जोरसिमलमा रहेको अस्थायी चेकपोस्ट आजै हटाउन गृहमन्त्री गुरुङले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। उहाँको अनुगमन सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, तस्करी नियन्त्रणलाई कडाइ गर्ने तथा स्थानीयका गुनासोको समाधानमा केन्द्रित रहेको जनाइएको छ।

२०८३ असार २२, सोमबार प्रकाशित 1 Minute 37 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार