२०८३ असार २० शनिबार

सिमाको समस्या सुन्न काँकरभिट्टामा नागरिक सुनुवाई

काँकरभिट्टा/झापाको काँकरभिट्टामा ‘सीमा क्षेत्रका समस्या र नागरिकका अपेक्षा’ विषयक नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजनामा सम्पन्न सुनुवाई कार्यक्रममा प्रहरी, यातायात, स्थानीय सरकार, ट्रााफिक प्रहरीका प्रमुख तथा प्रतिनिधिहरूले नागरिकबाट उठेका प्रश्नको जवाफ दिनु भएको थियो ।


शिक्षा, स्वास्थ्य, स्थानीय प्रहरी प्रशासनले दिने सेवा, ट्राफिक व्यवस्थापन, लागूऔषध दुर्व्यसनी, जेष्ठ नागरिकका समस्या लगायतका विषयमा स्थानीय दावा तामाङ, गौतम मजुमदार (बिक्की), रमेश गुरूङ, गोविन्द घिमिरे, हिम्मत क्षेत्री, नरेन्द्र प्रकाश सिटौला, रोजी तामाङ, रमेश श्रेष्ठ, लक्ष्मी थिङ तामाङ, दुर्गा अर्याल, राजेन्द्र रिजाल लगायतका नागरिक अगुवाहरूले प्रश्न गरेका थिए ।

नागरिकका प्रश्नको जवाफ इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी निशेष चापागार्इँ, कोशी प्रदेश सभाका पूर्व साँसद श्रीप्रसाद मैनाली, मेचीनगर वडा नम्बर ६, ७ र ८ का अध्यक्ष प्रह्लादमणि ओली, ललितबहादुर तामाङ, गिरीराज धमलाले दिनुभएको थियो ।

२०८३ असार १९, शुक्रबार प्रकाशित 0 Minutes 31 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।