२०८१ बैशाख १४ शुक्रबार

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा

नेपाल क्रिकेट संघ क्यानले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि टिम घोषणा गरेको छ । क्यानले आजपूर्व कप्तान सन्दीप लामिछाने बिना १५ सदस्सीय टिम घोषणा गरेको हो । घरेलु मैदानमा मंगलबार लिग टू अन्तर्गत नै नामिबिया र स्कटल्याण्ड रहेको सिरिजमा सन्दीप टोलीमा थिए ।

सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । अदालतले विदेश जान रोकेकाले उनी टिममा नपरेका हुन । अदालतले आदेश दिएमा भने सन्दीपलाई पठाउने क्यानको तयारी छ । नेपाली टोलीको कप्तानी रोहित कुमार पौडेलले गर्ने छन् । नेपाली टोलीमा श्याम ढकाल र प्रतिश जीसी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । युएई भ्रमणमा जाने नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, गुलशन झा, भिम सार्की, आरिफ शेख रहेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत अर्को हप्ता युएईमा हुने त्रिकोणात्मक सिरिजका लागि युएई जाँदैछ । नेपाली टोलीले दुबईमा घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले फागुन १५ मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ । फागुन १८ मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । फागुन १९ मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने छ । नेपालले यूएई भ्रमणको अन्तिम खेलमा फागुन २२मा प्रतिस्पर्धा गर्नेछ ।

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 0 Minutes 341 Views

ताजा समाचार