२०८१ बैशाख १२ बुधबार

चुरे तथा वनजंगल संरक्षण अभियानद्वारा जनकपुरमा मुख्यमन्त्री कार्यालय घेराऊ

चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरमा आन्दोलन सुरु गरेको छ । भूमिहीनहरुलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने, चुरे दोहन तत्काल रोक्नुपर्नेलगायतका माग गर्दै अभियानले बिहीबारबाट मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गरेको हो ।

सोही क्रममा मुख्यमन्त्री कार्यालयमा धर्ना दिइएको छ । भूमिहीनलाई जग्गा देउ, दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गर, चुरे दोहन रोकलगायतका नाराबाजी गर्दै उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेका छन । आफूहरुले विगतमा राख्दै आएको माग पूरा नभएपछि मधेश प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गर्नु परेको अभियानमा संरक्षक सरोज रायले बताए ।

मधेश सरकारले आफूहरुले विगतमा राखेको पाँच सुत्रीय माग सम्बोधन गरेपछि सो आन्दोलन सुरु गर्न बाध्य हुनु परेको अभियानले जनाएको छ ।

२०७९ फाल्गुन ११, बिहीबार प्रकाशित 0 Minutes 268 Views

ताजा समाचार