२०८१ बैशाख १४ शुक्रबार

हात्तीको आक्रमणबाट बाह्रदशीमा एक जनाको मृत्यु

बाह्रदशी । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ निवासी ३७ वर्षीय जगतबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए  ।

कचनकवल गाउँपालिका-१ स्थित चारकोशे जलथल जंगलसँगै जोडिएको पश्चिम देउराली सामुदायिक वनबाट निस्किएको हात्तीले भुजेललाई मंगलबार दिउँसो आक्रमण गरेका थिए ।

भुजेल सोही वनभित्र घाँस दाउरा टिपेर फर्किने क्रममा वनसँगै जोडिएको यज्ञ ओलीको खेतबारीमा हात्तीसँग जम्काभेट भएको थियो । हात्तीको आक्रमणबाट मृत्यु भएको भुजेलको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याइएको छ ।

२०७९ पुष ५, मंगलवार प्रकाशित 1 Minute 371 Views

ताजा समाचार