२०८२ असार १४ शनिबार

अगस्टमा अस्ट्रेलिया जाँदै नेपाली क्रिकेट टोली

काठमाडौं ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आगामी अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलिया भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार टोलीले अस्ट्रेलियामा टप इण्ड टी–२० सिरिज अन्तर्गत कम्तीमा ६ खेल खेल्नेछ ।

यस सिरिजमार्फत नेपाली टोलीले २०२६ टी–२० विश्वकपको एसिया छनोटको तयारी गर्नेछ । छनोट प्रतियोगिता यही अक्टोबर १ देखि १७ सम्म ओमानमा हुँदैछ । अस्ट्रेलियामा नेपाली टोलीले डार्विनस्थित डीएक्ससी एरिना, टीआईओ स्टेडियम तथा काज्लिस एरिनामा खेल्नेछ । प्रतिस्पर्धी टोलीको टुंगो भने बाँकी रहेको क्यानले जनाएको छ ।न्युज अफ नेपाल

२०८२ असार १४, शनिबार प्रकाशित 0 Minutes 13 Views

ताजा समाचार