२०८३ असार १७ बुधबार

सडकमै धान रोपेर बिरोध प्रदर्शन

मोरङ- समयमा सडक निर्माण नगरेको र वर्षामा हिंड्नै नहुने गरी खाल्डाहरु भएको भन्दै मोरङको कटहरी गाँउपालिकाका स्थानीयहरुले सडकमा धान रोपेर सांकेतिक विरोध गरेका छन् ।

बिहिवार हुलाकी राजमार्गको कटहरी खण्डको कटहरी चोकमा एक घण्टा सडक अवरोध गरेर स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले सडकमा धान रोप्नुका साथै सडकमा नै बाँस लगाएर यातायात अवरोध गरेका थिए । सडक अवरोध गरिएपछि ठेकेदार जेसिभी लगाएर खाल्डोहरुमा ग्राभेल हाल्ने सहमति भएको छ ।

तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी २०७६ साल कार्तिक २४ गते नयाँ बजार हाटखोला सडक खण्डको करिब साढे ६ किलोमिटरको सडक निर्माण थालिएको थियो । तर विगत ६ वर्षमा करिब २७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । करिब ७२ करोड ११ लाख रुपैयामा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी हेटौडाले सो सडक खण्डको ठेक्का लिएको थियो ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ श्रावण २३, शुक्रबार प्रकाशित 1 Minute 152 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।