२०८२ जेष्ठ ३० बिहीबार

एमाले प्रदेश सांसद ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं- नेकपा एमालेका मधेश प्रदेश सांसद दिपेन्द्र ठाकुर, धनुषाको औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादवसमेत १७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोगअ अनुसन्धान आयोगले सांसद ठाकुरविरुद्ध मंगलबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले औरही गाउँपालिकामा अस्पताल निर्माणमा अनियमिता गरेको विषयमा साँसद ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको उल्लेख गर्नु भएको छ ।

उहाँका अनुसार अस्पताल निर्माण गर्न आफ्ना मान्छेलाई ठेक्का पार्न सांसद ठाकुरले अनियमितता गरेका थिए । अस्पताल निर्माणको ठेक्कामा ६ करोड ७९ लाख १२ हजार ३८३ रुपैया ९८ पैसा हानिनोक्सानी भएको भन्दै अख्तियारले साँसद ठाकुर र तत्कालिन गापा अध्यक्ष यादवसहित १७ जनालाई विपक्षी बनाएको छ । उनीहरुविरुद्ध सोही बमोजिमको रकम बिगो दावि गरिएको छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ जेष्ठ २९, बुधबार प्रकाशित 1 Minute 16 Views

ताजा समाचार