
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी ।
काठमाडौँ, जेठ १९ गते । संयुक्त जनआन्दोलन समितिले आज (सोमबार) का लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिले संयोजक नवराज सुवेदीले उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभएको हो ।

आइतबारको प्रदर्शनका क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको संयोजक सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।गोरखापत्र अनलाइन
२०८२ जेष्ठ २०, सोमबार प्रकाशित
1 Minute
13 Views