२०८३ असार १७ बुधबार

उल्टो मोटरसाइकलमा कला–संस्कृति र स्वास्थ्य सन्देश लिएर बर्दिवासदेखि सिन्धुली पुग्यो यात्रा

बर्दिवास, १२ जेठ –
कला, संस्कृति र स्वस्थ जीवनशैलीको सन्देश बोकेको अनौठो यात्रा ‘मधेश टु महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न भएको छ । जिवनाथ पोखरेल ‘जेबी’को नेतृत्वमा जेठ ९ गते बर्दिवासबाट सुरु भएको यात्राले सिन्धुलीको राष्ट्रिय कलाघरसम्मको दूरी तय गर्‍यो ।

२५ सदस्यीय टोलीले ‘मधेश टु महाभारत, सुस्वास्थ्यको सबैमा मुवारक’ नारासहित कलाघर पुगेर सांस्कृतिक कार्यक्रममार्फत सन्देश प्रवाह गरेका थिए ।


संयोजक सुबोध कट्टेलका अनुसार अभियानले मौलिकता, पर्यटन र स्वस्थ जीवनशैलीलाई जोड्ने उद्देश्य राखेको छ ।
उक्त कार्यक्रम बर्दिवास नगरपालिका र त्यसका वडा नं. १ र ३ को साझेदारीमा, गौरीवास युथ क्लबको सहयोगमा सम्पन्न भएको हो ।

२०८२ जेष्ठ १२, सोमबार प्रकाशित 0 Minutes 193 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।