२०८३ असार १७ बुधबार

नेपाल-चीन सिमाना नजिक ५.० म्याग्निच्युडको भूकम्प

काठमाडौं, २०८२ वैशाख ३ गते । नेपाल-चीन सीमावर्ती क्षेत्र नजिकै बुधबार बिहान भूकम्पको मध्यम झट्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार स्थानीय समयअनुसार बिहान ४: ०५ बजे चीनको डिङ्ग्ग्ये क्षेत्रमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सिमानाबाट करिब १८ किलोमिटर उत्तरतर्फ चीनको डिङ्ग्ग्ये आसपास रहेको केन्द्रले जनाएको छ। हालसम्म यस भूकम्पबाट मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन ।

सिमाना नजिकै भएकाले भूकम्पको कम्पन नेपालका केही उत्तरी जिल्लामा पनि हल्का महसुस गरिएको हुन सक्ने अनुमान गरिएको छ।गोरखापत्र अनलाइन

 

२०८२ बैशाख ३, बुधबार प्रकाशित 1 Minute 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।