२०८३ असार १७ बुधबार

पलातामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु, १३ घाइते

कालीकोटको पलातामा दुर्घटना भएको बाेलेरो जिप। तस्बिर : पूर्णसिह बम

गोरखापत्र अनलाइन

रमेशकुमार वोगटी

कालीकोट, कात्तिक २५ गते । कालीकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। खिनदेखी थिर्पुसम्म आउँदै गरेको क १ ज ५६ नम्बरको बाेलेरो जिप आइतबार दिउँसो २ बजेट ३० मिनेटतिर राडुकाप्रे खोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १३ जना गम्भीर घाइते भएको समेत जनाइएको छ । गाडीमा कति जना थिए भन्ने खुलेको छैन । अझै खोज तथा उद्धारमा प्रहरी र स्थापित जुटेको जनाइएको छ । मृतकको पहिचान भने हुन सकेको छैन । थप विवरण भने आउन बाँकी नै छ।

 

२०८१ कार्तिक २५, आईतवार प्रकाशित 1 Minute 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।