काठमाडौं । प्रहरीले पुण्य गौतममाथि कुटपिट गर्ने समूहको खोजी थालेको छ । सोमबार राति करिब सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित बेँसीगाउँमा गौतममाथि आक्रमण गरिएको थियो ।
घरअगाडि बाटोमा हिँडिरहेका बेला एक समूहले उनीमाथि आक्रमण गरेको थियो । कुटपिटबाट गौमत घाइते भएका छन् । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा गौतमको उपचार भइरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

सामाजिक सञ्जालमा उनले विभिन्न विषयमा टीकाटिप्पणी गर्दै आएका छन् । तर, के कारणले उनीमाथि आक्रमण गरियो भन्ने खुलेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आक्रमण गर्ने समूहको खोजी तीव्र पारिएको जानकारी दिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



