२०८१ चैत्र १० आईतवार

कसले गरेको थियो पुण्य गौतममाथि आक्रमण ?

काठमाडौं । प्रहरीले पुण्य गौतममाथि कुटपिट गर्ने समूहको खोजी थालेको छ । सोमबार राति करिब सवा ९ बजे काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित बेँसीगाउँमा गौतममाथि आक्रमण गरिएको थियो ।

घरअगाडि बाटोमा हिँडिरहेका बेला एक समूहले उनीमाथि आक्रमण गरेको थियो । कुटपिटबाट गौमत घाइते भएका छन् । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा गौतमको उपचार भइरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

सामाजिक सञ्जालमा उनले विभिन्न विषयमा टीकाटिप्पणी गर्दै आएका छन् । तर, के कारणले उनीमाथि आक्रमण गरियो भन्ने खुलेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले आक्रमण गर्ने समूहको खोजी तीव्र पारिएको जानकारी दिए ।

२०८१ आश्विन २२, मंगलवार प्रकाशित 0 Minutes 202 Views

ताजा समाचार