विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५, डाँडागाउँमा हिजो भएको विस्फोटमा परी घाइतेमध्ये दुई बालबालिकाको मृत्यु भएको छ ।
घटनामा घाइते दिलीप साँवाकी अढाई वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार प्रिन्साको उपचारका लागि लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय आइतराज केरुङको घरमा हिजो भएको विस्फोटमा चारजना बालबालिका घाइते भएका थिए । ज्ञानबहादुर राईका ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रहरीका अनुसार ग्रिनेडजस्तो देखिने वस्तु विस्फोट भएको थियो । यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



