२०८३ असार १७ बुधबार

काठमाडौंको चन्द्रागिरिमा भेटियो शंकास्पद वस्तु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा शंकास्पद वस्तु फेला परेको छ। बिहीबार बिहान  चन्द्रागिरि नगरपालिका १२ बलम्वु स्कुल नजिकै रहेको एक घरको आगनमा  शंकास्पद वस्तु फेला परेको हो  ।

बिहान बलम्वु नजिकै  प्रेसर कुकर बम भेटिएको खबर पाएपछि प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यको टोली घटना स्थल पुगेको छ ।

प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बिहान ८ बजे प्रहरीलाई शंकास्पद वस्तु फेला परेको जानकारी आएको बताउँदै झोलामा प्रेसर कुकर जस्तो देखिने वस्तु रहेको पाइएपछि नागरिकहरुलाई सुरक्षित स्थानमा जान भनेको बताए ।

घटना स्थलमा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरी सकेको र नेपाली सेना आउँदै गरेको प्रहरीले जानकारी दिएको छ ।

२०८१ भाद्र ६, बिहीबार प्रकाशित 0 Minutes 247 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।