२०८३ असार १७ बुधबार

सङ्खुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट

किमाथाङ्का– सङ्खुवासभाको नागरिक आरोग्य सेवा केन्द्रका इन्चार्जमाथि कुटपिट भएको छ । पाँचखपन नगरपालिका–२ टाइगरचोकस्थित सेवा केन्द्रका इन्चार्ज वैध ज्ञानेन्द्रप्रसाद शाहमाथि कुटपिट भएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सङ्खुवासभाका प्रमुख रामप्रमोद चौधरीले जानकारी दिए । 

शाहमाथि आइतबार दिउँसो कार्यालय परिसरमै पाँचखपन–२ का भीषण जिमीले कुटपिट गरेको उनले बताए। जिमीले इन्चार्ज शाहमाथि औषधि किन्ने बहानामा कार्यालय परिसरभित्रै कुटपिट गरेको आरोपित छ । 

घटनालगत्तै पीडित शाहले स्थानीय प्रहरी पोष्टमा उजुरी गरेकामा प्रहरीले आरोपित जिमीलाई सम्झाइबुझाइ छाडेको थियो । जिमीले सोही दिन राति पुनः शाहको कोठामा पुगेर धम्क्याएको पीडितको आरोप छ । शाहले आज इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । 

यहाँ स्वास्थ्यकर्मी र अन्य कर्मचारी कुटपिट तथा अभद्र व्यवहार हुन थालेको भन्दै कर्मचारीले सुरक्षाको माग गरिरहेका छन् । यसअघि गत साउन १५ मा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय मादीका इन्चार्ज र एक कर्मचारीमाथि कुटपिट भएको थियो ।

२०८१ भाद्र ३, सोमबार प्रकाशित 0 Minutes 322 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।