२०८३ असार १७ बुधबार

उर्लाबारीमा मोटरसाइकल दुर्घटनामा परी दमकका युवकको मृत्यु

मोरङको उर्लाबारीमा भएको मोटरसाइकल दुर्घटनामा दमकका एक युवकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आइतबार साँझ मोरङको उर्लाबारी नगरपालिका–९ मा मे ९ प ५५७५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक दमक नगरपालिका–१० का २२ वर्षीय रोशन भट्टराई र पछाडि सवार २२ वर्षीय धनराज रिजाल घाइते भएका थिए ।

दुवैलाई उपचारको लागि अरनिको अस्पताल उर्लाबारी लगिएकोमा अस्पताल पुर्‍याउनासाथ धनराज रिजालको मृत्यु भएको हो । अर्का घाइते चालक रोशन भट्टराईको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२०८१ श्रावण १६, बुधबार प्रकाशित 0 Minutes 266 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।