२०८३ असार १७ बुधबार

बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किए

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किएको बताएकी छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा परराष्ट्रमन्त्री राणाले हालसम्म बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्र्किएको जानकारी दिएकी हुन् । 

उनले विद्यार्थी फर्किने क्रम जारी रहेको बताइन् । बंगलादेशमा कोटाविरोधी आन्दोलन हिंसात्मक बनेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका हुन् ।

बंगलादेशमा कोटा प्रणाली हटाउन माग गर्दै विद्यार्थी आन्दोलनरत छन् । आन्दोलन हिंसात्मक बन्दा त्यहाँ १०० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

२०८१ श्रावण ९, बुधबार प्रकाशित 0 Minutes 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।