२०८३ असार १७ बुधबार

सर्भर डाउन हुँदा देशभरिका यातायात कार्यालयको काम ठप्प

सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । आज बिहानबाट सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरुको कामकारबाही प्रभावित भएको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित भएको बताए ।

उनले भने, ‘अहिले सर्भर डाउन भएर देशभरका यातायात कार्यालयको काम प्रभावित भएको छ । सर्भर सिस्टममा ल्याउने काम भइरहेको छ ।’

प्राविधिक टोलीले समस्या समाधान गर्ने प्रयास गरिरहेको उनले बताए । सर्भर डाउन भएर काम नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

२०८१ श्रावण ७, सोमबार प्रकाशित 0 Minutes 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।