२०८१ चैत्र १० आईतवार

पाँचथरको काबेली हाइड्रोपावरको सुरुङभित्र ढुंगा खस्दा चारजना घाइते

पाँचथरको हिलिहाङ- १ स्थित निर्माणाधीन काबेली हाइड्रोपावर ए को सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गाको ढिस्को खस्दा चार जना कामदार घाइते भएका छन् ।त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

हिजो साँझ ७.३० बजे पाँचथर हिलिहाङ १ स्थित निर्माणाधीन काबेली हाइड्रोपावर ए को सुरुङभित्र काम गर्ने क्रममा अचानक सुरुङको माथिल्लो भागबाट ढुङ्गाको ढिस्को खसेको थियो । घाइते हुनेहरूमा इलाम माङसेबुङ ६ बस्ने ३१ वर्षीय दिपेन राई, दैलेख गुराँस ३ पाँबिकान्ला बस्ने २५ वर्षीय गोविन्द बुढा, ताप्लेजुङ आठराई त्रिवेणी २ ओडारे बस्ने २३ वर्षीय सुधीर थाम्देन लिम्बू र ओखलढुङ्गा चिसुखुगढी ३ बस्ने २९ वर्षीय चन्द्रबहादुर मगर रहेका छन् । घाइते कामदारहरूलाई उपचारको लागि राति नै जिल्ला अस्पताल पाँचथरमा ल्याइएको थियो ।

यसैबीच इलाम माङसेबुङ ६ बस्ने दिपेन राई र दैलेख गुराँस ३ पाँबिकान्ला बस्ने गोविन्द बुढालाई थप उपचारको लागि आज बिहान धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।

२०८१ असार २६, बुधबार प्रकाशित 1 Minute 114 Views

ताजा समाचार