नदी थुनिदा भंगालोमा फसेका ४० परिवारका एक सय जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । अनलाइन खबर
२४ असार, धनगढी । महाकाली नदीले खतराको सतह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिएका छन् । अविरल वर्षापछि नदीमा पानीको बहाव उच्च भएपछि भारतले नेपालतर्फका २४ वटै ढोका खोलिदिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले महाकालीमा पानीको बहाव दुई लाख ४० हजार क्युसेक नाघेपछि शारदा ब्यारेजका नेपालतर्फका सबै ढोका खोलिएका हुन् । उनकाअनुसार शनिबार आधार भन्दा बढी ढोका खोलिएकोमा आइतबार बहाव बढेपछि सबै ढोका खोलिएका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



