२०८३ असार १७ बुधबार

गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या

बारामा अज्ञात समूहले गोली प्रहार गरी क्याम्पस प्रमुखको हत्या गरेको छ । बारा कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरेको हो ।  आदर्श कोतवाल गाउँपालिका ३ बतरा टोलमा साँझ ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गर्दा कुशवाहा गम्भीर घाइते भएका थिए। उनको कोखामा गोली लागेको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार कुशवाहालाई मोटरसाइकलमै आएका व्यक्तिले गोली प्रहार गरी फरार भएका बुझिएको छ। बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको भन्ने जानकारी प्राप्त भएको बताए। घटनाका विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

२०८१ जेष्ठ ३२, शुक्रबार प्रकाशित 0 Minutes 348 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।