२०८१ आश्विन २६ शनिबार

शिक्षक-विद्यार्थीलाई त्रिविको धोका: पढाइ नेपालीमा, प्रश्नपत्र अंग्रेजीमा !

स्नातक चौथो वर्षको ‘नेपाल अध्ययन’ विषयको प्रश्नपत्र अंग्रेजीमा सोधिएपछि त्रिभुवन विश्वविद्यालय आलोचित बन्न पुगेको छ । हाल चलिरहेको चौथो वर्षको परीक्षामा अंग्रेजीमा प्रश्नपत्र आएपछि सरोकारवालाले प्रश्न उठाएका छन् ।

जबकि त्रिविले पठाएको सम्बन्धित विषयको पाठ्यक्रममा माध्यम भाषा अंग्रेजी पनि हुनेछ भनेर कतै उल्लेख गरिएको छैन । सोही पाठ्यक्रम र विषयवस्तुलाई आधार मानेर नै कलेजहरूले विद्यार्थीहरूलाई अध्यापन गराएका थिए ।

त्रिवि मानविकी तथा सामाजिकशास्त्र डिन कार्यालयले पनि क्याम्पसहरूलाई पाठ्यक्रमको विवरण पठाउँदै भनेको छ, ‘प्रस्तुत पाठ्यक्रमका मूल उद्देश्य स्नातक तहका विद्यार्थीलाई नेपालका विविध पक्षमा आधारभूत ज्ञान दिई नेपालको विविधता र यससँग सम्बन्धित स्रोत साधन, अवसर पहिचान र सोको उपयोग गर्न सक्ने देशभक्त उत्पादन गर्ने रहेको छ ।’

२०८१ जेष्ठ ३०, बुधबार प्रकाशित 0 Minutes 171 Views

ताजा समाचार