२०८२ बैशाख २६ शुक्रबार

भ्रष्टाचार सूचकांकमा नेपाल १०८औं स्थानमा, अघिल्लो वर्षको तुलनामा सामान्य सुधार

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ को सूची सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक सूचीअनुसार नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा छ ।

सीपीआई २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औँ स्थानमा परेको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ३४ अंक प्राप्त गर्दै ११०औँ स्थानमा थियो ।

यस सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँछ ।

१८० देश सम्मिलित सूचकाङ्कमा डेनमार्क ९० अंक प्राप्तगरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अंक प्राप्तगरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएका छन् ।

सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२६ औं), भारतले ३९ (९३ औं) माल्दिभ्सले ३९ अंक (९३ औं), नेपालले ३५ अंक (१०८ औं), श्रीलङ्काले ३४ अंक (११५ औं), पाकिस्तानले २९ अंक (१३३ औं), बङ्गलादेशले २४ अंक (१४९ औं) र अफगानिस्तानले २० अंक (१६२ औं) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४२ अंक (७६ औं) प्राप्त गरेको छ ।​

सूचकाङ्कमा यस वर्षको औसत अंक ४३ रहेको छ । एशिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको    छ । विश्वका दुई तिहाइ मुलुकले ५० भन्दा कम अंक पाएका छन् । लोकान्तरबाट

२०८० माघ १६, मंगलवार प्रकाशित 0 Minutes 440 Views

ताजा समाचार