नाम उल्लेख नगर्ने शर्तमा एक सफल उम्मेदवार प्राधिकरणले मनपरी गर्दा आफूहरुको भविष्य अन्योलमा परेको बताउँछन् । ‘हामी कति जना त अन्यत्रको जागिर छाडेर यहाँको नियुक्तिपत्र बुझेकाहरु छौं,’ ती उम्मेदवारले भने, ‘तर नियुक्ति पत्र दिएपछि अस्पष्ट सूचना निकालेर नियुक्ति रद्द भएको भनिएको छ, हाम्रो भविष्य नै अन्धकारमा पर्ने भयो ।’
उनले प्राधिकरणका आधिकारिक छाप र आधिकारिक व्यक्तिको दस्तखतविना नै सूचना प्रकाशित भएको बताए । विगतमा पनि यस्तो मुद्दा परेको थाहा भएको भन्दै उनले प्राधिकरणले सीमित कोटाहरुमा विधि नपछ्याउँदा सबै पीडित बन्नुपरेको गुनासो गरे ।
प्राधिकरणका अधिकारीहरु यसबारे औपचारिक प्रतिक्रिया दिन मान्दैनन् । प्राधिकरणको जनसाधन विभागका एक अधिकारी संस्थाको ‘भन्सार’ बनिसकेको पदपूर्ति विभागका अधिकारीहरुका हेलचेक्र्याइँका कारण यस्तो अवस्था आएको उनीहरु बताउँछन् ।
‘पदपूर्तिमा कुस्त भत्ताको लागि मात्रै काम गर्ने तर, पदपूर्तिमा पटक्कै सम्वेदनशीलता नअपनाउने शैलीले यस्तो घटना दोहोरिँदैछ,’ ती अधिकारीले भने, ‘पछिल्ला वर्षमा प्राधिकरणको पदपूर्तिसम्बद्ध विवाद बढ्नुले राम्रो संकेत गरेको छैन ।’ अनलाइन खबर