२०८२ असार २२ आईतवार

बुबाको कुटपिट गरी हत्या गर्ने छोरा पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरी । बुबा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले चिबुलाई पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

२०८० माघ १६, मंगलवार प्रकाशित 1 Minute 200 Views

ताजा समाचार