काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले तराई-मधेशमा नेपाल-भारत सीमामा सशस्त्र प्रहरी बलले मधेशी समुदायका नागरिकलाई दु:ख दिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई कार्यालयमा बोलाएर गरिब जनताहरुले भारतबाट दैनिक गुजाराको लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दु:ख दिएको गुनासो आएको जानकारी गराएका हुन् ।
सशस्त्र प्रहरी बलमा मधेशी समुदायको पहुँच बढाउन आयोग र सशस्त्र प्रहरीबीच समन्वयात्मक भूमिका आवश्यक रहेको अध्यक्ष डा. दत्तले बताएका छन् |
भेटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले छिटै आयोगसंग सहकार्य गरी सीमा जोडिएका गाउँहरुमा युवा सशक्तिकरण तथा सचेतनामूलक कक्षा सञ्चालन गरिने बताएका डा. दत्तका स्वकीय सचिव दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।