२०८३ असार १७ बुधबार

शहीद दिवसमा सार्वजनिक बिदा नदिने सरकारको निर्णय

१४ माघ, काठमाडौं । सरकारले यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।

मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।

‘माघ १६ को शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधे,’ अधिकारीले भने, ‘खासमा यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय भएको छ ।’

उनका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत् खुल्ने र सेवा प्रवाह हुनेछ ।

‘अर्को वर्ष २०८१ को शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय सरकारको छ,’ उनले भने, ‘तर, यसपालिलाई बिदा दिइएको छैन ।’ अनलाइनखबर

२०८० माघ १४, आईतवार प्रकाशित 0 Minutes 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।